धरान/ फिल्म निर्माता धरानका छविराज ओझा विरुद्ध अभिनेत्री तथा उनकी पत्नी शिल्पा पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा घरेलु हिंसामा उजुरी दिएकी छन् । 

शिल्पाले आइतबार काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसामा उजुरी दिएकी हुन् । छलफलका लागि उनीहरूलाई बुधबार दिउँसो प्रहरी परिसर बोलाएको थियो ।

शिल्पा छविकी चौथो श्रीमती हुन् । अभिनेतृ रेखा थापासँग सम्बन्ध बिच्छेद गरेपछि छविले शिल्पासँग विवाह गरेका थिए । तर विवाह गरे पनि लामो समयसम्म सम्बन्धलाई स्वीकारेका भने थिएनन्  ।

फिल्म लज्जामार्फत् छवीले नै शिल्पालाई हिरोइनको रूपमा डेब्यु गराएका थिए । यस अघि ओझाले ३ जनासँग विवाह गरेका थिए ।