बलिउड अभिनेत्री क्याटरिना कैफले केही दिनका लागि फिल्मबाट छुट्टी लिने भएकी छन् ।

जुलाई १६ मा उनले आफ्नो ३६ औं जन्मदिन मनाउँदै छिन् र उनले त्यसको पूरा योजनासमेत बनाइसकेकी छन् । जन्मदिन मनाउनका लागि उनले छुट्टी लिएकी हुन् ।

हालै उनी रोहित शेट्टीको निर्देशनमा बनिरहेको ‘सूर्यवंशी’ मा अनुबन्धित भएकी थिइन् । फिल्ममा उनी अक्षय कुमारसँग देखिनेछिन् ।

क्याटरिनाले आफ्नो जन्मदिन आफ्ना बहिनीहरू तथा साथीहरूसँग साधारण तरिकाले बाहिर कतै गएर मनाउने योजना बनाएकी छन् ।

उनले राम्रो ठाउँमा गएर मोजमस्ती गर्ने योजना रहेको सुनाएकी छन् । उनले यसैका लागि केही दिनको छुट लिन लागेकी हुन् ।