धरान  / करिव १७ बर्षदेखि डिपिआरका लागि काम हुदैं आएको सप्तकोशी कोशी उच्च बाँधको लागि भारत सरकारले थप अनुसनधानका लागि बजेट विनियोजन गरेको छ । सप्तकोशीसँगै सुनकोशी डाइभर्सनको स्किमको डीपीआर तयार गर्त
बाढी नियन्त्रण तथा सीमा क्षेत्र कार्यक्रमअन्तर्गत भारतले ७ सय करोड बजेट छुट्याएको हो ।

सप्तकोशी उच्चबाँधका अतिरिक्त बाढी प्रभावित अन्य नदीहरुको नियन्त्रण, कटान नियन्त्रण, पुनरुद्धारजस्ता क्षेत्रमा समेत खर्च गर्ने गरी भारत सरकारले नयाँ आर्थिक वर्षका विनियोजन गरेको हो ।
भारतले डीपीआरका लागि १७ बषैदेखि अनुसन्धान गरिरहको छ । अहिले पनि प्रभावित क्षेत्रका जनताको राय लिने काम गरिरहेको छ । सप्तकोशी नदीमा बनाउन प्रस्ताव गरिएको यो जलाशययुक्त जलविद्युत परियोजनाबाट ३ हजार ३ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने गरि परियोजना संचालन गर्न लागिएता पनि यसले सुनसरी, उदयपुर, धनकुटा, खोटाङलगायतका जिल्लाका हजारौ स्थानीयवासीलाई प्रत्यक्ष असर पर्ने भन्दैं विरोध हुदैं आएको छ ।

२६९ मिटर अग्लो एक किलोमिटर लम्बाईको बाँध बनाएर सिँचाई आयोजना पनि सञ्चालन गर्ने लक्ष्य राखेर ऊर्जा मन्त्रालय र भारत सरकारको सहकार्यमा अध्ययन भइरहेको थियो ।