देउराली । धरान पूवर्को पयर्टकीय हव हो । पयर्टकीय क्षेत्र हुनलार्इ आकर्षण, पँहुच पूर्वाधार विकास र नागरिक सकृयता । ती चार कुरालाई माथिका नयाँ गन्तव्यहरुमा भरि पूर्ण बनाउन राज्यको लगानी आवश्यक हुन्छ । सँगसँगै नीजी स्तरको पनि उतिकै खाचो पर्छ । धरानमा पर्यटकीय सहर निर्माणका लागि आवश्क पर्ने अन्तराष्ट्रिय स्तरका सुविधा सम्पन्न होटल तथा लजहरु खोलिने क्रम तिव्र छ । धरान पर्यटकीय सहरको रुपमा विकास भइरहदा यहाँ पर्यटनमैत्री वातावरण र सुविधाको आवश्क पर्ने हुन्छ ।

ठूला होटलहरुमा काम गर्ने दक्ष जनशक्ति अभावमा राम्रो सेवा दिन सकेका छैनन् । सोही कुरालाई मध्यनजर गरेर धरानको मुटु भानुचोकमा होटल म्यानेजमेन्टको क्षेत्रमा राम्रो दख्खल राख्ने केहि जागरुक यूवाहरुले लिङ्कन इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट कलेज खोलेका छन् । धरानमै विभिन्न होटल म्यानेजमेन्टका कक्षा संञ्चालन गरेको कलेजहरुमा अध्यापन गराइसकेका र चाइना तथा युरोपका प्रतिष्ठित कलेजमा अध्यायन गरी त्यहाँ रहेको ५ स्टार होटलहरुमा काम गरेको अनुभव वटुलिसकेका युवाहरुले सुरु गरेको उक्त कलेजले साउनको दोस्रो साताबाट डिप्लोमा इन होटल म्यानेजमेन्टमा पहिलो कक्षा सञ्चालन गर्ने भएको छ ।

धरानमा होटल म्यानेजमेन्टको क्षेत्रमा राम्रो अनुभजव बटुलेका सुनिल लिम्बू, कोर्डिनेटर र नेपालबाट व्याचलर सकेर चाइनामा इन्टनसिप दिई यूरोपको ५ स्टार होटलको अनुभव बटुलिसकेका विनोद श्रेष्ठ, प्रवन्ध निर्देशक रहेको यस कलेजमा जव प्लेसमेन्टको पनि सुविधा रहेको छ ।

छात्रवृत्तिसहितको कक्षाहरु शुरु गरिएको कलेजले जनाएको छ । कलेजले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुका लागि विद्यार्थीहरले नै रुचाएको देशहरु जसमा मलेसिया, थाइल्याण्ड, हङकङ, चाइना, सिङगापुर र युरोपका कुनैपनि देशका ५ स्टार होटलहरुमा इन्र्टनकालागि पठाउने व्यवस्था भएको कलेजका प्रवन्ध निर्देशक विनोद श्रेष्ठले बताए । यदि विद्यार्थीहरु नेपालमै इन्र्टन गर्न चाहेमा नेपालकै ५ स्टार होटलमा इन्र्टन गराउने व्यवस्था रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी र ५ स्टार होटलहरुको भित्री वातावर र त्यहाँ भित्र काम गर्ने तौर तरीका बारेमा राम्रोसंग अध्यापन गराउन नसकीरहेको बताउदै कलेजका प्रवन्ध निर्देशक श्रेष्ठ भन्छन् – ‘होटल म्यानेजमेन्टको क्षेत्रमा नेपालमै पनि राम्रो सम्भावना छ, विदेशमा नै गएर काम गर्ने हो भने पनि निकै राम्रो अवसरहरु छन् ।’ धरानमा होटल म्यानेजमेन्ट, टुरिजम हस्पिटालिटी अध्यायन गराउने कलेजहरु नभएका पनि होइनन् ।

हामीले विदेशमा इन्र्टनका बेला विद्यार्थीहरुले धेरै समस्याहरु भोगेको देख्यौ । विद्यार्थीहरुलाई अध्यायनसंगै मोटिभेसन पनि आवश्क हुन्छ, जुन विदेशमा इन्र्टन गर्न जादा निकै महत्व राख्छ ।’–‘ ’ उनले थपे । कलेजले विद्यार्थीले चाहे अनुरुप मलेसियाको लिङकन विश्व विध्यालयबाट सम्बन्धन प्राप्त गरेको यस कलेजले साधन भवनको सबैभन्दा माथी व्यासायीक रुपमा लेवल अप रेष्टुरेन्ट एण्ड बार पनि संञ्चालन गर्ने भएको छ ।

जसमा स्टार होटलका सबै सेवा सुविधाहरु उपलब्द हुने कलेजले दावी गरेको छ । कलेजले आफै व्यावसायीक रुपमा सञ्चालन गर्ने रेष्टुरेन्डमा कुलिनरी कर्टसका कक्षाहरु, बाररिष्टा, बार टेन्डर, सर्भिसलगायतका प्रयोगात्मक हुने निर्देशक श्रेष्ठले जानकारी गराए । यसरी आफ्नै होटलमा प्रयोगात्मक कक्षा हुने भएकाले प्रत्यक्ष ग्राहकसंग सम्पर्क हुने हुदा पनि अध्यान अध्यापनमा विद्यार्थीहरुले व्यावहारिक शिक्षा पाउने निर्देशक श्रेष्ठको भनाई छ ।

हाल कलेजको डेकुरेसन गर्ने कामहरु भइरहेको छ । जसमा २ वटा कक्षा कोठा लाइब्रेरी, हाउस किपिङकालागि भैतिक साधन, फ्रन्ट डेक्स लगायत अफिसका निर्माणको कामहरु भइरहेको छ । यहाँ पढेर होटल क्षेत्रमा विदेश जानेलाई ठूलो राहत हुने कलेजले जनाएको छ । नेपालीहरु विना सीप विदेश जान्छन् । जहाँ सीप अभावमा दुःख पाउने गरेका छन् , विदेश नै जाने हो भने यस्ता होटल सम्बन्धि प्राविधिक सीप सिकेर जान श्रेष्ठ सुझाउछन् ।