खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘द डार्क एण्ड लाइट’ को छायाङ्कन सकिएको छ ।

मङ्गलबार पोखरामा फिल्मको प्रमोसनल गीत ‘राधा कृष्ण’ को छायाङ्कनसँंगै फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको घोषणा गरिएको हो । गीतमा अभिनेत्री मरिष्का पोखरेलले नृत्य गरेकी छन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको सङ्गीत निर्देशनको उक्त गीतमा डेविड शङ्कर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ ।

फिल्म भदौ ६ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुने फिल्मकी निर्देशक समेत रहेकी कलाकार सरस्वती भुजेलले बताइन् । राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले फिल्ममा निर्देशन गरिरहेका छन् ।

फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने फिल्मलाई शिव ढकाल तथा सविन भट्टराईले छायाङ्कन गरेका छन् भने कमल राईले कोरियोग्राफी गरेका हुन् ।