हलिउड अभिनेत्री एञ्जेलिना जोलीले कलाकार–निर्देशकबीच हालै भएको एक कार्यक्रममा आफू राजनीतिमा आउनसक्ने बताएकी छन् ।
केही समययता उनी राजनीतिमा आउन सक्ने चर्चा भइरहेका बेला उनी आफैले आउन सक्ने सङ्केत दिएकी हुन् । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘२० वर्ष पहिले मलाई कसैले यस्तो प्रश्न सोधेको भए सायद म हाँस्थें हुँला तर म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’
उनले आफूलाई राजनीतिमा आउनु ठीक भएको या नभएको भन्नेमा अझै भन्न नसकिए पनि सायद आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘म जुनसुकै चुनौतिका लागि पनि तयार छु ।’
जोलीको वैवाहिक जीवन खासै सफल छैन । ४३ वर्षीय जोलीले आफ्नो जीवनकालमा ३ पटक विहे गरिन् तर ती कुनैमा पनि सफल हुन सकिनन् । उनी पछिल्लो समय हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्धमा थिइन् । पछि उनले ब्राडसँग पनि पारपाचुके गरेकी छिन् ।