कञ्चनपुर  / जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयले पक्राउ गरेको छ ।
श्रीवास्तवलाई उनको कार्यकक्षबाटै पक्राउ गरेको जानकारी अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिए । उनीसँगै इन्जिनियर ग्रिष्मा ठगुन्‍ना पनि घुससहित पक्राउ परेका छन्।
चामलका ेबोरोमा दुई लाख
भान्सा कोठामा चामलको बोरामा लुकाइराखेको दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधानको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादु बिष्टले बताए । विष्टका अनुसार श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएको बताइएको छ ।