पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्कीका फिल्मले बजारमा खासै चर्चा कमाउन सकेका छैनन् तर प्रियङ्का आफै भने विभिन्न हर्कत गरेर चर्चामा छाइरहेकी छिन् ।
हालै प्रदर्शनमा आएको प्रियङ्का र उनका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ को चर्चा त के आए गएको पनि पत्तो भएन ।

फिल्म फ्लप भयो । तर केही दिनयता सामाजिक सञ्जालमा भने प्रियङ्काको चर्चा छ । इन्स्टाग्राममा हट अवतारमा खिचिएका तस्बिर प्रियङ्काले धमाधम सार्वजनिक गरिरहेकी छन् । बिकिनीमा खिचिएको उनको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

हालै उनले भैरहवा पुगेर खिचेका हट तस्बिर शेयर गरेकी छन् । तर, ती तस्बिरमा सकारात्मकभन्दा बढी नकारात्मक प्रतिक्रिया छन् । कतिले उनको तस्बिरमा बढी सम्पादन गरिएको भन्दै कमेन्ट गरेका छन् भने कतिले सुन्दर देखिएको भन्दै प्रियङ्काको तारिफ गरेका छन् ।