ट्याक्टर दुर्घटनामा परि बेपत्ता अर्पण मृत भेटिए

alt
  • असार ११, २०७६
  • १५१ पटक पढिएको
  • बसन्त लिम्बू

ताप्लेजुङ् / ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ को दर्गुनेमा भएको ट्याक्टर दुर्घटनामा परि गएरातीदेखि बेपत्ता भएका १७ वर्षीय अर्पण मुखिया मृत अवस्थामा भेटिएका छन् । ट्याक्टरका सहचालक पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका मुखियाको शव करिव ६ घण्टा पछि ट्याक्टर डुवेको खाल्डोवाट निकालिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।
ना ६ त ८७२४ नंम्बरको ट्रयाक्टर वालुवा पु¥याएर फर्कने क्रममा गएराती सोही ठाँउमा बन्दै गरेको नयाँ पुलको खाल्डोबाट खसेको थियो । डिएसपी थापाका अनुसार दुईओटा मोटरको प्रयोगगरि खाल्डोमा जमेको पानी बाहिर निकालेर सहचालकको सव र ट्याक्टर दुवै निकालिएको हो । हाल शवलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको डिएसपी थापाले बताए । बेपत्ता सहचालकको खोजीका लागि विहानैदेखि प्रहरी र स्थानिय खटिएका थिए ।

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved