काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा आज ४ बुँदे सहमति गरि विवाद टुंगिएको हो ।

गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा शम्भु राई र प्रकास सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश गरि सहमति भएको हो ।

गितको विभाद पछि सामाजिक सञ्जालमा निकै विवाद भएको थियो । गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलेको थियो ।