धरान/ एक किलो गाँजासहित सुनसरी प्रहरीले २ जनालाई इनरुवा–९ बबिया चोकबाट चेकजाँचको क्रममा पक्राउ गरेको छ ।

चेकजाँचको क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले इनरुवा–३ का बब्लु भगतको साथबाट गाँजा बरामद गरेको हो । उनी इनरुवा–२ का मनोज मेहताले चलाएको को ३२ प ८२८ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए ।

भगतले निलो रङ्गको झोलामा चेकजाँच गर्दा गाँजा भेटिएपछि दुवैलाई पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।