हाम्रो शरीर भनेको पञ्चतत्व (पृथ्वी, जल, तेज, आकाश र वायु) को मिश्रण हो । यिनै पञ्चतत्वले संसार पनि बनेको छ ।

हामीले जीवनलाई बचाउन र शरीरमा शक्ति प्राप्त गर्न खाना खानैपर्छ । जन्मेपछि बाँच्न र ठूलो हुन यिनै पञ्चतत्वले बनेको वातावरणमा फलेका र पाकेका खानेकुरा खाइन्छ । खानाबिना हामी लामो समय बाँच्न सक्तैनौँ । तर, त्यही खाना हामीले सही तरिकाले खान जानेनौँ भने मन्दविष (स्लो प्वाइजन)को जस्तै काम गर्छ र हामी विभिन्न रोगका शिकार हुनपुग्छौँ । जसले हामीलाई बडो कष्टका साँथ बाँच्न बाध्य पार्छ र असमय नै जीवन समाप्त हुन्छ । पहिले पहिले प्राय सर्ने प्रकृतिका रोगको महामरी थियो । आजकल नसर्ने रोगको महामारी छ । यसको कारण हामीले खोज्नुपर्ने हुन्छ । खाना अर्थात् डाइट शब्द ग्रीकको डायेटिया बाट आएको हो । यसको अर्थ जिन्दगी जिउँने तरिका अर्थात् जीवनशैली भन्ने हुन्छ । खानाका तीन कार्य हुन्छन् । शारीरिक कार्य जसमा खानाले शक्ति दिन्छ । शरीरको वृद्धि तथा मर्मत गर्छ र सञ्चालन गर्छ । रोग लाग्नबाट बचाउँछ । मनोवैज्ञानिक कार्यमा भोक हटाई भावनात्मक कार्य पूरा गर्छ । सामाजिक कार्यमा खाना, सामाजिक जीवनको प्रतीक हो । यसले सम्बन्ध बलियो बनाउँछ ।

स्वस्थकर भोजन गरियो भने औषधी चाहिँदैन, भोजन अस्वस्थकर भए औषधी गरे पनि निको हुँदैन । अनि खाना जिब्रोको लागि होइन शरीरका लागि खाने हो । हामीले के खाँदा, के काम गर्दा, कस्तो व्यायाम गर्दा, कस्तो योग अभ्यास गर्दा, मन र मस्तिष्कमा के कुरा राख्दा र कति बेला सुत्दा हामी स्वस्थ रहन सक्छौ भन्ने कुरा हामीले सिक्दै जाने हो । मानिस आमाको पेटमा आउँदा नै बडो सङ्घर्ष गरेर आएको हुन्छ । पिताको वीर्यमा रहेको शुक्रकीट र माताको अण्डाशयबाट बाहिर आएको अण्डको मिलन निक्कै कडा प्रतिस्पर्धा बाट हुन्छ । लाखौँको सङ्ख्यामा रहेका शुक्रकीट मध्ये एकले मात्र स्थान पएर निषेचित अण्ड तयार हुन्छ । यो निषेचित अण्डा नै हाम्रो जीवनको शुरुवात हो । यो अण्डा अब आमाको पाठेघरमा आएर बस्छ र जीवनको विकास शुरु हुन्छ । अनेक बाधा अवरोध र आमालाई कष्ट दिँदै हामी दश महिनाको समयमा सानो द्वारबाट बडो कष्टका साथ बाहिर अर्थात् यो संसारमा आउँछाैँ । आमाको स्तन चुसेर हाम्रो शिशु अवस्था अगाडि बढ्छ । क्रमश बढ्दै जाँदा हामीलाई पचाउन सक्ने खेनेकुरा खुवाइन्छ ।

आमाको दुधसँगै हामी अन्य खानेकुरा खाएर आमा बुबाको मात्र होइन समग्र पृथ्वीको नै ऋणी हुनपुग्छौँ। जति जति उमेर बढ्दै जान्छ उति उति हामी यो पृथ्वीमा रहेका वस्तुको ऋणी बन्दै जान्छाैँ । हामीले यहीबाट हावा (श्वासप्रश्वास) लिन्छौँ । पानी, अन्न, तरकारी यही माटोमा फलेको खान्छौँ, माछामासु खान्छौँ । जे गर्नु छ यही प्रकृतिले दिएको उपहारमा गर्छौँ र हाम्रो शरीरको अन्त्य पनि यसै माटामा हुन्छ । यसको अर्थ हामी आमा, बुबा, आफन्तमात्र होइन पृथ्वी, आकाश, जल, वायु र तेज सबैको ऋणी भएर जान्छौँ ।

हामीले बुभ्mनु पर्ने कुरा के हो भने हामीलाई हरेक कुरामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने माथिका तत्वको संरक्षण गर्नुपर्छ । यो हाम्रो धर्म, आवश्यता र अनिवार्यता पनि हो । हामी स्वस्थ रहन सक्यौँ भने मात्र हामी माथि भनिएका तत्वहरूको संरक्षण गर्न सक्छौँ । अब प्रश्न उठ्छ, हामीले के गर्दा हाम्रो शरीर स्वस्थ रहन सक्छ त ? सर्वप्रथम त शिक्षाको आरम्भसँगै यो राम्रो यो नराम्रो, यो खान हुने, यो खान नहुने भन्ने जस्ता ज्ञान हामीमा आउँदै जान्छ । कस्तो खानाले शरीरमा शक्ति प्रदान गर्दछ, कस्तो खाना खाँदा शरीरलाई चाहिने अन्य पदार्थहरू जस्तै भिटामिन, मिनरल, प्रोटिन र अन्य तत्वहरू प्राप्त हुन्छन् ? जसले शरीरलाई मानसिक शारीरिक रूपमा स्वस्थ राख्छ । यसको ज्ञान हुनु आजको समयमा त झनै आवश्यक छ किनभने आज मानिस बजारिया (फास्ट फुड) खानामा रमाउन थालेको छ ।

पकेटमा पाइने खानेकुराले छाक टार्न थालेको छ । मानिसको पाचन प्रक्रिया बिस्तारो र लामो समयसम्म चल्ने हुँदा हरेकले ध्यान पुर्याएरमात्र खानुपर्छ । प्रायः पशुहरूको आन्द्रा छोटो हुन्छ । उनीहरूको पचाउने क्षमता पनि उच्च हुन्छ । नपचेको वस्तुलाई सजिलै मलको रूपमा फ्याँक्ने प्राकृतिक नियमअनुसार उनीहरूले मल त्याग गरेसँगै शरीरमा धेरै असर रहँदैन । तर, मानिसको पाचन प्रणाली धेरै लामो हुन्छ । एउटा वयस्क मानिसमा मुखदेखि मलद्वारसम्मको लम्बाइ करिब ८ मिटर लामो हुन्छ । मुखबाट खाएको खानेकुरा मलद्वारबाट निस्कन स्वस्थ अवस्थामा कम्तिमा पनि २४ घण्टा लाग्छ ।

जति धेरै आन्द्रामा हामीले खाएको र शरीरलाई नचाहिने वस्तु रह्यो त्यति धेरै शरीरमा त्यसले निकाल्ने अनावश्यक पदार्थ आउँछ । पेट फुलिन्छ, ग्यास धेरै बनिन्छ, खाना रुच्दैन, अपच महसुस हुन्छ, वान्ता हुन खोज्छ आदि आदि । यसको अर्थ पेट सफा हुने गरी मल त्याग नहुनु हो । भन्ने गरिन्छ ‘शरीरमा देखापर्ने धेरैजसो रोगको जरो भनेको नै कब्जियत हो ।’ जहाँ समयमा र यथेस्ट रूपमा मल त्याग हुँदैन, अनेक प्रकारका रोगको सुरुवात त्यहीँबाट हुन्छ । आज नेपाली हामी सबैभन्दा धेरै पेट को रोगका शिकार भएका छौँ । त्यसको एउटै कारण हो कब्जियत । कब्जियत भनेको लामो समयमा मात्र मल त्याग गर्ने बानी हुनु या पटक पटक मल त्याग गर्ने इच्छा भए पनि पूर्ण रूपमा त्याग नहुनु हो । नेपालीको पेवा रोग भनेर चिनिएको ग्यास्ट्रिक र पायल्स अधिकांशमा कब्जियतका कारणबाट नै भएको हो ।

कुरान धर्म शास्त्रका अनुसार ‘संसारमा भएका सबै वस्तु मानिसका लागि बनाइएका हुन् । यिनीहरूको सही उपभोग गर्नसके संसारको नियम भङ्ग हुँदैन तर, यसको दुरुपयोग भएमा अनेकन विपत्ति, रोग, शोक आदि आउँछन् ।’ हो, वास्तवमा हामी मानिसलाई संसारमा रहेका हरेकजसो वस्तु, जनावर, बोटविरुवा, खोला, समुद्र, हिमाल, पहाड कुनै न कुनै बेला आवश्यक पर्छन् । यदि हामीले आप्mनो आवश्यकतामा मात्र उपयोग या उपभोग ग¥यौँ भने हरेकको जीवन चक्र सही रूपमा चल्छ । संसारका धेरैजसो जनावर मासुका लागि प्रयोग हुन्छन् । बोटविरुवा काठपात र घाँसका लागि प्रयोग हुन्छन् । सागसब्जी अन्नपात खानका लागि र शक्ति प्राप्त गर्नका लागि प्रयोग हुन्छन् । कीट पतङ्ग वातावरण सफा राख्नका लागि प्रयोग हुन्छन् । चराचुरुङ्की सुन्दर प्रकृतिलाई सजाउन र वातावरण सफा राख्न प्रयोग हुन्छन् । हो, यिनै वस्तु खानका लागि पनि प्रयोगमा आउँछन् । हरेक वस्तु सही तरिकाले उपभोग गरे पक्कै पनि हामी स्वास्थ रहन सक्छाैँ ।

एउटा कटु सत्य, ‘खानलाई बाँच्ने होइन बाँच्नलाई खाने हो ।’ हो, वास्तवमा आजकल हामी धेरैजसो खानलाई बाचेका छौँ । हरेक दिन नयाँ र गरिष्ठ भोजनमा रमाउन चाहन्छौँ । शरीरलाई कति आवश्यक छ त्यसको वास्ता नै नगरी हामी घाँटीसम्म भरिने गरी विभिन्न प्रकारका खाना एकै पटक खान्छौँ । पच्ने र पचाउने ठाउँ र समय नै दिँदैनौैँ । मासुजन्य या गरिष्ठ भोजन गरेपछि पेटलाई कम्तिमा पनि १२ घण्टा खाली रहन दिनुपर्छ । त्यति समयमा खालि पानीमात्र पिए पुग्छ । खानै परे पनि हलुका सहजै पचाउन सकिने फलफुल अदि खानुपर्छ । हरेक १५ दिन या एक महिनामा एक दिन उपवास बस्नसके शरीरका लागि अति उत्तम हो । खाली बस्न नसके हलुका सहजै पच्न सक्ने खनेकुरा खाएर पाचनतन्त्रलाई आराम दिनु राम्रो हो ।

यसो गर्दा हाम्रो पाचनशक्ति बढ्छ । कलेजो र आन्द्राका विभिन्न भागबाट निस्कने पाचन रस (इन्जाइम) सक्रिय हुन्छन् । जसले तपाईंलाई स्वस्थ रहन सहयोग पु¥याउँछ । तर, हामी कति स्वार्थी र लोभी छौँ भन्ने कुरा हाम्रो व्यवहारबाट नै थाहा हुन्छ । जतिसुकै हिंसक जनावर भए पनि पेट भरिएपछि रहेको आहार छाडिदिन्छ र अरूले खान्छन् । तर, हामी मानिस भने शरीरलाई पुनः खानु आवश्यक छ कि छैन ? कति खरब या सही हो ? जानेर या नजानेर पटक पटक या धेरै दिनसम्म त्यही खानेकुरा खाने गर्छौँ । जस्तै मासुकै कुरा गरौँ, एक दिन पकाएर धेरै दिनसम्म खाइन्छ, खाना पकाएर फ्रिजमा राखेर धेरै दिनसम्म खाइन्छ, पेटमा मज्जाले भोक नलागी फेरि कोची कोची खाइन्छ । पाहुना पाछा भएर जाँदा या घरमा आउँदा विभिन्न परिकार बनाएर खुवाउने प्रचलन छ ।

एकै पटकको बसाइमा माछामासु पनि खाएकै छ, मिठाईजन्य परिकार पनि खाएकै छ, दुग्धजन्य परिकार पनि खाएकै छ । शारीरिक व्यायाम र काम भने केही पनि छैन । अब खाएको खाना पचोस् कसरी ? पचे पनि शरीरमा बोसोको रूपमा जम्मा हुने भयो । परिणाम मोटो ज्यान, मुटु, मधुमेह, मृगौला बिग्रनेजस्ता रोग निम्तिन्छन् । हामी नेपाली चाडपर्व धेरै दिनसम्म मनाउँछौँ । मासु, दुग्धजन्य पदार्थ बढी सेवन गर्छाै, मदिरा प्रसस्तै चल्छ । यसै कारणले पनि ज्यान मोटो हुन्छ । अनि बिस्तारै कि त पेटको रोग लाग्छ कि त नसर्ने रोग लाग्छ, जस्तै उच्च रक्तचाप, मधुमेह, वाथरोग, अल्सर आदि । एउटा तथ्याङ्कले देखाए अनुसार ‘एउटा मांसाहारी मानिसले आफ्नो पूरै जीवनमा ७ हजार पशुको मासु खाने गर्छ ।’

यो तथ्याङ्कबाट हामी कति खाँदा रहेछौँ भन्ने देखाउँछ अनि संसारभर कति पशु मारिँदा रहेछन् खानका लागि भन्ने स्पष्ट थाहा हुन्छ । अनि पशु अथवा जङ्गली जनावर नघट्ने त कुरै भएन नि । यसरी नै शाकाहारीले कति बोटविरुवा फलफुल खाँदा हौँ । यदि खाएर पनि अर्को नरोप्ने हो भने शुद्ध अक्सिजन कहाँबाट आउँने ? प्रसस्त फलपूmल सागसब्जी कहाँबाट पाउँने ? यसरी नै हरेक वर्ष नयाँ नयाँ ठाउँमा शहर बनिने क्रम बढेको छ । रुख बिरुवा काटिएका छन् । वातावरणमा उस्तै प्रदूषण बढेको छ । खोइ त हामीले पर्यावरणको संरक्षण गरेका । खोइ त हामीले जीवन दिने पञ्चतŒवको ख्याल राखेका ? त्यसैले आजैबाट सचेत बनौं । स्वस्थ खाना र स्वस्थ पानी पिऔँ । रुख रोपौँ, पर्यावरण सफा राखौँ । स्वास्थ जीवन बिताऔँ अनि प्रकृतिको संरक्षण गरेर ऋण मुक्त हुने प्रयत्न गरौं ।
(लेखक होमियोप्याथिक चिकित्सक हुन् ।)