धरान/  धरान-१५ श्याम चोकस्थित मर्निङवाक गर्दै गरेकी महिलाको सिक्री लुटेर भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ०५ः४५ बजे  बाटोमा ज्ञानचक्चु मार्ग बस्ने बर्ष ४० कि कमला गौतम मर्निङवाक गर्दै पिण्डेश्वरी दन्तकाली हुँदै मेरीगोल्ड स्कुल छेउ आईपुग्दा निजको २.५ तोलाको (अडाई तोला) सुनको सिक्री लुटेर भाग्ने क्रममा सादा पोशाकका प्रहरीद्वारा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तेह्रथुम आङ्दिम घर भई हाल धरान-३ बस्ने २० वर्षीय रामकुमार दर्लामी र धरान-३ का विनोद राई रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sikri