मोरङ । प्रहरीले आइतबार साँझ २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-४ स्कुल डाँडाबाट पेस्तोल सहित सुन्दर-हरैँचा नगरपालिका-१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने बर्ष-३४ को कन्सा माझीलाई पक्राउ गरेको हो ।

साँझ ६ को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि खानतलासी लिने क्रममा पेस्तोल-२ थान, सोही पेस्तोलको म्याग्जिन-४ थान र गोली १४ राउण्ड फेला परेको थियो । हतियार सहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।