ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई  सामुहिक बलात्कार  गरेको भन्दै प्रहरीले प्रधानमन्त्रि रोजगर कार्यक्रमका अधिकृतलाई पक्राउ गरेको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा २ मा  दुई युवतीलाई १२ युवाहरुले सामुहीक बलात्कार गरेको भन्दै उजुरी परेको उजुरी परेपछि गैडहवा गाउँपालिका–८ का हसनापुर गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइए  इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। बलात्कारमा संलग्न रहेका अन्य व्यक्ति फरार रहेको प्रहरी कार्यालय लुम्बिनीले बताएको छ ।

२ गते भएको उक्त घटनालाई दबाउन युवतीलाई पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीहरूको भनाइ छ।