पथरीशनिश्चरे  । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको पशुपंक्षी शाखाले बंगुर र कुखुरा पालन निःशुल्क तालिम सम्पन्न गरेको छ ।

वडा नम्वर १, २ र १० का लागि ३ दिने वंगुरपालन तालिम वडा नम्बर १० को भूटानी शरणार्थी शिविरमा सम्पन्न भएको छ । तालिम समापनका अवसरमा नगरपालिका उपप्रमुख यमुना बिष्ट वास्तोलाले कृषि प्रधान नगरमा यसखाले तालिम आवश्यक र प्रभावकारी भएको वताइन् ।

यसैगरी, नडा नम्वर ४ मा ३ दिने कुखुरापालन तालिम पनि सम्पन्न भएको छ । नगर उपप्रमुख वास्तोलाका साथै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले तालिमका बारेमा बोलेका छन् ।

नगर उपप्रमुख वास्तोला सहितको टोलीले ६ नम्वरको मंगलबारेमा रहेको पशुपंक्षी शाखामा आएको सामग्री निरीक्षण गरेको छ ।