बलिउड अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ । रणवीरलाई डब्लुडब्लुईका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन् ।

उनले रणवीरमाथि आफ्नो भनाइ चोरेको आरोप लगाएका हुन् । कपिलदेवको वायोपिक सिनेमा ‘८३’ को तयारी गरिरहेका रणवीर हाल इङ्ल्याण्डमा छन् ।

उनले त्यहाँ भारतीय अलराउण्डर हार्दिक पाँड्यासँगको फोटो पोष्ट गरेका थिए । पलले त्यस पोष्टमा लेखिएको शब्द आफ्नो भएको र रणवीरले चोरी गरेको आरोप लगाएका हुन् ।

रणवीरको सो ट्वीटमा ‘इट, स्लिप, कन्क्वेयर, रिपिट’ शब्द उल्लेख छ । पलले लैसनरलाई डब्लुडब्लुईको रिङमा हरेकपटक उत्रँदा यो नाराको प्रयोग गर्र्दै हौस्याउने गर्थे ।

त्यससँगै लेसनरले लगाउने पहिरनमा समेत यो शब्दको प्रयोग गरिएको छ । अब चोरीको आरोपमा रणवीरको के प्रतिक्रिया आउँछ, त्यो हेर्न बाँकी छ ।