पथरी/ कानेपोखरी गाउँपालिका वडा नं. ४ ले वडामा विद्युत् विस्तार अन्तिम चरण पुर्याएको छ । वडा कार्यालयको पहल र नेपाल विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्र सहयोगमा वडाभित्र विद्युत् विस्तार भएको हो ।

विद्युत् जडान भए पनि भोल्टेज नभएको वडाकै हात्तीडुबा चोकमा ५० केभी क्षमता भएको ट्रान्सफर्म शुक्रबार जडान भएको हो । वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत् प्राधिकरण रङ्गेली वितरण केन्दले जडान गरिदिएको वडाध्यक्ष धनबहादुर राईले बताए ।

ट्रान्सफर्म जोडेसँगै त्यस स्थानमा मोटर, सेलो ट्युबेल, सेल्लर मिललगायत सञ्चालनमा सहज भएको स्थानीय इश्वरी बस्नेतले बताए । यस अघि सञ्चालनमा समस्या थियो । योसँगै वडाको पहलमा ३ स्थानमा जडान भइसकेको छ । यस अघि पिङडाँडा चोक र नारायण चोकमा वडा कार्यालयको पहलमा र नेपाल विद्युत् प्राधिकरण रङ्गेली वितरण केन्द्रको सहयोगमा जडान भएको थियो

त्यसैगरी ८ हजार प्रतिगोटा पर्ने २० वटा पोल, ५ सय रुपैयाँ पर्ने डिआइरन, बल्टु र ३९ सय मिटर तार पनि बिजुली नभएको वडाका विभिन्न स्थानमा जडान गरिदिएका छन् । बाँकी रहेको स्थानमा पनि जडान गरिदिने नेपाल विद्युत् प्राधिकरण रङ्गेली वितरण केन्द्रका इञ्जिनियरले बताएका छन् ।

उतिबेला वडाको केही स्थानमा स्थानीय टुकीको भरमा बस्दै आएका थिए । जनप्रतिनिधि निर्वाचित भएर आएपछि वडाका सबै घरहरूमा विद्युत् पु¥याउने उद्देश्यले वडा कार्यालयका जनप्रतिनिधि लागेका थिए । वडाको पहिलो बजेटमै विद्युत् विस्तारका लागि वडा कार्यालयले ७ लाख विनियोजन गरेको थियो । जसअनुसार वडाको विकट स्थानमा छानेर पहिले जडान गरिदिएको समितिका सचिव नगेन्द्र बस्नेतले बताए ।

यस अघि उनीहरूले ६५ थान पोल, डिआइरन, बल्टु र ५ हजार तार खरिद गरेर ल्याए थिए । त्यसैगरी यस आर्थि वर्ष ०७५/७६ मा पनि विद्युत् विस्तार सकिने गरी ४ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष धनबहादुर राईले बताए ।