अभिनेत्री स्वेता खड्का अहिले अष्ट्रेलिया टुरमा छिन् । केही समयअघि फिल्म ‘हेलो जिन्दगी’ को छायाङ्कनका बेला एकाएक बिरामी भएपछि उनले फिल्म छाडेकी थिइन् । भारतमा ट्युमरको अपरेसन गरेपछि उनी ठीक भएकी थिइन् ।

पछिल्लो समय फिल्म क्षेत्रमा उनी खासै सक्रिय छैनन् । हाल अष्ट्रेलियामा एक कार्यक्रमका लागि पुगेकी स्वेताले त्यहाँ खिचेका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।