धरान / २०७४ भदौं १ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा हेलिकोप्टर चढेर दुईवटा पुलको तामझामका साथ शिलान्यास गरेका थिए । प्रदेश र संघको निर्वाचन आउने तीन महिना अघिको कुरा हो । उदयपुरसँगै जोडिएको खोटाङ र भोजपुरको बीचमा पर्ने सुनकोसी नदीमा पुलको शिलान्यास गर्न शेरवहादुरसँगै उदयपुर १ नं. क्षेत्रका सांसद डा. नारायण खड्का र भोजपुरको १ नं. क्षेत्रका सांसद शेरधन राई पनि साथमा थिए ।

21557597_1456867944406638_8685645808948828760_n
पुल बन्ने हल्ला ०५६ सालदेखिको हो । तर चुनावको मुखमा देउवाले शिलान्यास नै गरि दिए । तीन महिनाको अवधीमा उदयपुर क्षेत्रको रानीटारस्थित पिलरका लागि खाल्डो खन्ने काम भयो । त्यो खाल्डोमा अहिले पानी पानी जमेको छ । पुल बनाउने भने अत्तोपत्तो छैन् ।
उदयपुरको चौडण्डीगढी तथा भोजपुरको आमचोकको दुवैतिर सडक सञ्जाल जोडिएको बषौं भएको छ । तर एउटा पुल अहिलेसम्म नबन्दा खोटाङ र भोजपुरका स्थानीयवासीको समस्या जिउकोतिउ छ ।
०७३ असार ३० गते ठेक्का लागेको पुलको शिलान्यास एक वर्षपछि भएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट आएका देउवाले उदयपुर र भोजपुरको बीचमा पर्ने रानीटारमा पहिलो शिलान्यास गरेका थिए । त्यस पछि हेलिकप्टरबाटै खोटाङ उदयपुरको सिमानामा पर्ने सुनकोसीकै किनार धाम्लाङमा अर्को पुलको शिलान्यास गर्न पुगेका थिए । दुवै पुलको हिन्दू परम्पराअनुसार ब्राह्मण पढाएर शिलान्यास देउवाले शिलान्यास गरेका थिए । दुवै पुल एक वर्ष अघि शिलान्यास भई २० देखि २५ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो । तर, राजनीतिक अनुकूलता खोजिने परम्पराले निरन्तरता पाए ।

21752402_1456867764406656_3555365367020219329_n
निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पु जेभि काठमाण्डौले २२ करोड २५ लाखमा ठेक्का पाएको थियो । ५ स्पान भएको पुल २ सय मिटर लम्बाइ र १० दशमलव ५ मिटर चौडाई रहेको निर्माण गर्नु पर्ने थियो । ०७६ साल असार २९ गते भित्र निर्माण सम्पन्न गर्न सक्ने गरी निर्माण कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ ।

शिलान्यास भएको पुलको फेरी सर्भे गर्न रातो कितावमा

sudan1
२०७३ असारमा ठेक्का लागेको पुलको दुई तिहाईबहुमतको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रगुवीर महासेडले यो बर्षको रातो कितावमा सर्भे भनेर राखेका छन् । रानीटार–आमचोक जोड्न दुधकोशीको पुल शिलान्यास भई काम शुरु भएर अड्कीएको अवस्थामा सरकारका मन्त्रीले पुन सर्भे भनेर राखे पछि भोजपुर–१ नं. क्षेत्रका सांसद सुदन किरातीले विनियोजन विधेयकका विषयमा छलफलको क्रममा आपतिसमेत जनाएका थिए ।

बजेटका लागि दिन मन्त्रालय धाउँदा जुत्ता फाट्यो

kirati
गत बुधबार संघीय संसदको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद किरातीले भने, ‘बजेटका लागि दिन मन्त्रालय धाउँदा जुत्ता फाट्यो, बजेट हेरेपछि मनै फाट्यो ।’ उनले बजेटमा भोजपुरका योजनाहरुलाई नसमेटिएको भन्दै सभामुख मार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता गर्ने चेतावनी दिएका थिए ।
गत बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन बजेट माथि छलफल थियो । किरातीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रीप्रति निकै आक्रोश पोखेका थिए । उनले भोजपुरको अदाहरण दिएर सरकारका मन्त्रीहरुले कस्तो कमजोरी गर्छन भन्ने दृष्टान्तसमेत प्रस्तुत गरेका थिए ।

संघीयता नसाले चल्छ भनेर सोचेको थिए तर जुँगाले चल्दो रहेछ

sudan
सांसद किरातीले राष्ट्रपति विद्यादेवी भण्डारीको गाउँको एउटै टोलको बाटो ६ ठाउँमा परेको खुलाए तर एक जिल्लामा एक रणनीतिक सडक हुनुपर्ने व्यबस्था भए पनि भोजपुरमा भने एउटा वडामा हालिएको भन्दै आपति जनाए । उनका अनुसार दिङ्ला नेपालटार जाने बाटोलाई रण्नीतिक सडकमा जोडेको छ । सो सडक दुई वटा वडालाई मात्र समेटेको उनको दावी छ ।
भोजपुरका लागि कुनै पनि योजनाहरु नपारेकोमा मन्त्रीको आलोचना गरेका थिए । उनले संसदमा भने–‘संघीय प्रणाली नसाले चल्छ भनेरे सोचेको थिए तर जुँगाले चल्दो रहेछ । मेरो जुँगा पनि छैन र मन्त्रीसँग गोरुबेचेको साइनो पनि छैन् । त्यही भएर यस पानी भोजपुरको मन फाटेको छ ।’
सरकारको रातो कितावमा भोजपुर जोडने अरुण नदिमा पुल लगाइने भन्ने उल्लेख गरेको छ । तर भोजपुर क्षेत्र हुदैं अरुण नदि झण्डै २ सय किमी क्षेत्रमा बग्छ । कहाँनेर पुल लगाउने भन्ने उल्लेख छैन् ।

‘सुखी नेपाली सम्वृद्ध नेपाल’ भन्ने नारा माथि नै व्यङ्गे
मन्त्रीहरुको पञ्यायतकालकै विकासे शैली भएको उनको भनाई छ । ‘पञ्चायतमा फिल्डमा नबुझ्ने तर रातो कितावमा विकास भएको देखाउने । अहिले पनि त्यही अवस्था छ ।’–किरातीले ब्लाष्ट खवरसँग भने ।
आफुले भोजपुरको उदाहरण मात्र दिएको मन्त्रालयले यथार्थ तथ्याङ्क नै नलिई हचुवाको भरमा योजनाहरु बनाएको एउटा उदाहरण मात्र प्रस्तुत गरेका किरातीको भनाई छ । ‘कहाँ के छ, के हुदैंछ, के गर्नु पर्ने छ जस्ता कुराको अध्ययन विना हचुवामा सरकारले योजना बनाउदा प्रधानमन्त्रीको ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ भन्ने नारा माथि नै व्यङ्गे भएको छ ।’– सांसद किरातीले भने ।
मुख्यमन्त्रीको एक दिनको खुशी

sherdhan rai
पुल शिलान्यास भएको दिन शेरधन राईले फेसबुकमा खुशी व्यक्त गरेका थिए । पुल शिलान्यास पछि नेकपाले दुई तिहाईको सरकार बनायो । शिलान्यास गर्न पुगेका पूर्व सञ्चारमन्त्री राई प्रदेश १ को मुख्य मन्त्री भए । तर त्यो पुल अहिलेसम्म बनेन । हुदा हुदा आर्थिक बर्ष २०७६÷२०७७को बजेटमा उक्त पुलको पुन सर्भेका लागि रातो कितावमा उल्लेख गरिएको पाइयो । १८ फेस बुकमा शेरधन राईले भने झै १८ बर्षको खुशी केलव त्यही शिलान्यासको दिनका लागि मात्र भयो । शेरधनको खुशीको दिन साकार पार्न दुई तिहाईका सरकार हुँदा, आफु मुख्यमन्त्री हुदासमेत पार्न नसक्नु विडम्बना हो ।

sherdhan_rai_pull