गायक राजेश पायल राईको आवाजमा अर्को पूर्वेली लोकगीत ‘दिक्तेल बजार २’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा खोटाङ जिल्लाको पर्यटकीय एवम् धार्मिक सम्पदाको वर्णन गरिएको छ । मौलिक शब्द तथा मौलिक लयलाई गीतमा समेटिएको छ । सङ्गीतकार डि आर अटुको सङ्गीत तथा प्रेमप्रसाद भट्टराईको शब्द रहेको गीत राजु कार्कीले एरेञ्ज गरेका छन् ।