इण्डियाज गट ट्यालेण्ट सेभेन र मास्टरशेफ इण्डियाजस्ता चर्चित कार्यक्रमहरूमा पोष्ट प्रोड्युसर रहँदै आएका सोहन चौहानको मृत्यु भएको छ ।

उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको पोखरीमा आइतबार राति भेटिएको हो । उनको शव पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो ।

पुलिस अनुसन्धानअनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनको घरमा रहेको सिसिटिभी फुटेजका अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो ।

पुलिसले उनको कोठा अनुसन्धान गर्दा कोठामा रमको एउटा खाली बोतल र एउटा डायरी भेटिएको थियो ।