धरान / प्रदेश सरकारले धरानलाई खेलकुद ग्राम बनाउने भएको छ ।  आइतबार प्रदेशसभामा अर्थमन्त्री इन्द्र आङ्बोले सार्वजनिक गरेको बजेटमा धरानलाई खेलकुद ग्रामको रुपमा विकास गर्न ५ करोड बजेट छ्ट्याएको बताएका छन् ।
साहसिक तर्था पर्यटकीय खेलको प्रर्वद्धन गर्न खेलकुद एकेडेमी निर्माण गर्ने भएको छ ।
बजेटमा भाषणमा खेलकुद क्षेत्रको विकास गर्न प्रदशे खेलकुद विकास बोर्ड गठन गरिने भएको छ । यसतै स्थानीय तहको समज्वयमा प्रत्येक जिल्लामा रङशाला निर्माण गरिने भएको छ ।
विभिन्न जिल्लामा भएका खेल मैदानको स्तरोन्नतीका लागि ३६ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

इटहरीमा प्रदेशीक रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ । एन्त्फासँगको सहकार्यमा मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता र लिग संचालनका लागि १(१(रकम विनियोजन गरिएको छ ।