उदयपुर / उदयपुरमा भएको छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताकोे उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लवले जित हात पारेको छ । न्यु स्टार क्लव सुनसरीलाई २–१ गोलले हराउर्दैंै सशस्त्र क्लवले जित हात पारेको हो ।
सशस्त्रका टिमबाट पहिलो गोल प्रविन स्यान्त्याङ्गले गरेका थिए भने निर्णायक गोल नविन लामाले गरे ।
पहिलो हापको १३ औँ मिनेटमा सशस्त्रका स्यान्त्याङ्गलले गोल गर्दै समुहका लागि खाता खोलेको थियो । लगत्तै २८ औँ मिनेटमा सुनसरीका विदेशी खेलाडी औरेल इनामेले खेललाई बराबरीमा पुर्याए । आधा घरेलु दर्शकको साथ पाएको सशस्त्रका लागि ३७ औँ मिनेटमा नविन लामाले अर्को गोल गरि टिमलाई जितमा पु¥याए ।
तीन जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको सुनसरीले सुरुवाती चरणमा निकै आक्रमक खेल प्रर्दशन गरेपनि पहिलो हापपछि निरन्तरता दिन सकेन् ।  त्रियुगा नगरपालिकाको संयोजनमा आयोजना गरिएको प्रतियोगिताको विजेता टिमलाई ५ लाख पुरस्कार रहेको छ ।