भद्रपुर । क्रिकेट खेललाई मध्यनजर गरी प्रवीन थापाको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला क्रिकेट सङ्घ गठन गरिएको छ ।
मेचीनगर–४ काँकडभिट्टामा शुक्रबार भएको भेलाबाट आईसीसीद्वारा निर्मित स्वतन्त्र टोलीको प्रतिवेदन र निर्देशनअनुसार विशेष साधारण सभाले समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा बिरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र सचित आनन्द सुब्बा कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तुलसी कार्की, मनोज कट्वाल, कञ्चन उप्रेती, नारद नेपाल, हितेन्द्रमान श्रेष्ठ, चोलानाथ दाहाल, राजन भट्टराई, सुजता क्षेत्री, प्रेमा गुरुङ्, गीता प्रसाईं र जीवेश ओली रहेका छन् । सोही समितिबाट केन्द्रीय प्रतिनिधिमा लाक्पा लामा तथा मनोज कट्वाल, बिरु श्रेष्ठ, नारद नेपाल र सचित आनन्द सुब्बा प्रदेश प्रतिनिधिमा चयन भएको नवनिर्वाचित सदस्य तुलसी कार्कीले जानकारी दिए ।