नेपाली फिल्म अभिनेत्री परमिता राज्यलक्ष्मी राणा अब गायिका पनि बनेकी छिन् । उनले हालै ‘क्विन’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
नेपालका धेरै जना अभिनेत्रीले गायनमा पनि रहर देखाएका छन् तर उनीहरूको गायन रहरमै सीमित छ । त्यही लाइनमा थपिएकी परमिताले आफ्नो गीतबाट युवती आफैमा पूर्ण भएको सन्देश दिन खोजेको बताएकी छन् ।
परमिता अहिले फिल्मको कथा पनि लेख्दैछिन् । उनले फिल्ममा आफूसँग भएको क्षमता देखाउन नपाएको गुनासो पनि मिडियामा गर्ने गरेकी छन् । चपली हाइट–२, रोज, चङ्गाचेटलगायतका फिल्ममा अभिनय गरेकी उनले म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छन् ।