धरान/ गोरु काटेको आरोपमा पक्राउ परेका सुनसरीको वराहक्षेत्र–३ नडाहाका ३ जना छुटेका छन् ।

नडाहाका निमा शेर्पा, तिलकबहादुर राई र आशिक राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गोरु काटेको आरोप लगाउँदै जेठ १७ गते पक्राउ गरेको थियो । उनीहरूलाई मङ्गलबार जनही २५ हजार धरौटीमा छाडिएको हो ।

सङ्घीय लिम्बुवान मञ्च नेपाल र आदिवासी जनजाति सङ्घ–संस्थाहरूको पहलमा उनीहरू छुटेका हुन् ।