अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’ को ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा साम्राज्ञी र पुष्प खड्काले नृत्य गरेका छन् भने सय बढी कोरसलाई क्लबमा नचाइएको छ । ‘जाम न माया जाम’ बोलको गीतमा दीपक बज्राचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दीपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्राचार्य ‘जाम न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।

गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । १३ भदौबाट प्रदर्शनमा आउने यो फिल्म ‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका हुन् ।