धरान/ सरकारले गुठी व्यवस्थापनको नाममा ल्याउन लागेको विधेयकको विरोध गर्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च नेपाल सुनसरी जिल्लाले सुनसरीको धरानमा र्याली प्रदर्शन गरेको छ ।

गुठी व्यवस्थापनको नाममा हजारौं रोपनी जग्गा भूमाफियालाई पोस्न खोजिएको भन्दै र्याली प्रदर्शन गरिएको हो । काठमाडौंमा विधेयकको विरोध गर्दा सरकारले दमन गरेकोमा आपत्ति जनाउँदै मञ्चले धरान–१० लोकपथस्थित पार्टी कार्यालयदेखि भानु चोकसम्म र्याली प्रदर्शन गरेको थियो ।

भानुचोकमा आयोजित कोणसभामा मञ्चका नगरअध्यक्ष सञ्जुहाङ साँवा, महिला जिल्ला अध्यक्ष सरस्वती सुब्बा, जिल्ला अध्यक्ष अमर ईजम लिम्बू, प्रान्तीय सचिव तथा सुनसरी जिल्ला सह–इञ्चार्ज पूर्णकला लिम्बू, महासचिव अशोक चेम्जोङ र पार्टी उपाध्यक्ष चन्द्र खापुङ्हाङले बोलेका थिए ।