इदको अवसरमा रिलिज भएको हिन्दी फिल्म ‘भारत’ ले पहिलो दिनमै ४२ करोड ३० लाख भारतीय रुपैयाँ सङ्कलन गरेको छ ।
विश्वकप क्रिकेट, त्यसमा पनि भारतको खेलका कारण कमाइमा असर पर्ने पूर्वानुमानलाई समेत गलत सावित गर्दै बक्स अफिसका विभिन्न रेकर्ड तोडेको छ । यो फिल्म सलमानको करियरमै पहिलो दिन धेरै कमाउने सावित भएको छ ।

यो प्रेमका लागि सलमानले दर्शकलाई ट्वीटमार्फत् धन्यवाद दिएका छन् ।
इदकै अवसरमा यसअघि रिलिज ‘सुल्तान’ ले ३६ करोड ५४ लाख र ‘टाइगर जिन्दा है’ ले ३४ लाख १० करोड पहिलो दिन कमाएका थिए ।