पर्सा । वीरगंज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी गरेको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र सोही महानगरपालिका २० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।

महानगरपालिका ११ रानिघाटमा पार्किङ गरी राखेको ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल र वीरगंज महानगरपालिका १० आदर्शनगर डेरा गरी बस्ने नविन झाले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ना ४ प ४०५७ नम्बरको मोटरसाईकलको लक तोडी चोरी भएको भन्ने सुचना प्रहरीलाई प्राप्त हुन साथ विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना ४ प ४०५७ नम्बरको मोटरसाईकल सहित पटेललाई आदर्शनगर र ना ५५ प ७१७४ नम्बरको मोटरसाईकल सहित महत्तोलाई रानिघाटबाट नियन्त्रणमा लिईएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रदेश नं.२ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताए ।