विराटनगर/  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

आज जारी शुभकामना सन्देशमा उनले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको भाव प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धन गर्न महत्वपर्ण योगदान पुरर्याउँदै आएको उल्लेख गरे ।

हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य भएको उनले उल्लेख गरे ।