धरान / पूर्व व्रिटिस लाहुरै धरान निवासी हर्कजङ्ग कुरुम्बाङले लिम्बू भाषालाई बिश्वव्यापी बनाउनका लागि लिम्बू अग्रेजी नेपाली शव्दकोष निर्माण गरेका छन् ।  
यो शब्दकोष मार्फत संसारको सबै स्थानमा रहेका मानिसले लिम्बू भाषाका पढ्न र शब्दको अर्थ नेपाली अग्रेजी र लिम्बू भाषामा पाइने हर्कजङ्ग कुरुम्बाङले जानकारी दिए । उनले यो तीन महिनाको समय लगाएर यो शब्दकोषको निर्माण गरेका हुन ।
शब्दकोष निर्माणका लागि बिभिन्न समयमा लेखिएका विविध भाषाविद्का पुस्तक तथा उहाँहरुको आलेखको सहयोगमा डिक्स्नरीको बिकास गरिएको उनले बताएका छन् । भाषा लोप हुन नदिन र पछिल्लो पुस्ताहरुले पनि लिम्बु भाषा जान्न उपयोगि होस भनेर शब्दकोष बनाएको उनको भनाई छ । लिम्बू भाषा नेपाल तथा भारतको आसाम दार्जिलिङ, सिक्किम, म्यानमार, वेलायत, हङकङलगायत स्थानमा बोलिदैं आएको छ ।
उनले लिम्बु भाषाका कितावहरु पल्टनमा हुदा लण्डनको व्रिटिश लाईबेरीबाट बढि जसो अध्ययन गरेका थिए । उनले पूर्व लाहुरे गम्भीरध्वज तुम्बाहाम्फेसँगको सहकार्यमा लिम्बू अग्रेजी नेपाली शब्दकोष निर्माण गरी प्रकाशन गरेका हुन । लिम्बु भाषा सम्बन्धि उनले अन्य पुस्तकसमेत लेखेका छन् ।

harkajang kuruwang