फ्रान्स / फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेयमारमाथि पनि बलात्कार आरोप लागेको छ ।
इन्स्टाग्राममार्फ भेटिएकी ती महिलाले आफू ब्राजिलबाट फ्रान्स पुगेका बेला नेयमारले एक होटलमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको विदेशी संचार माध्यमले जनाएका छन् ।
नाम गोप्य राखिएकी ती महिलाले ब्राजिलोक साओ पाओलोस्थित प्रहरीमा उजुरी दिएकी बताइएको छ ।
डेली मेलका अनुसार इन्स्टाग्राममार्फत् चिनजान भएपछि नेयमारले उनलाई आफ्ना साथीमार्फत् फ्रान्सको एक होटलमा बस्ने व्यवस्था मिलाएको उनले बताएकी छन्। उनले प्रहरीमा दिएको उजुरीमा नेयमर मातेर आफू बसेको होटेलमा आएको उल्लेख गरेकी छन्। पेरिस्थित होटल द सोफिटेल पेरिस आर्क डे ट्रिमोफेमा बसेकी ती महिलामाथि मातेको सुरमा आक्रमक भएका नेयमारले बलात्कार गरेको बताइएको छ ।
यसबारेमा नेयमारले केही प्रतिक्रिया आएको छैन् । उनी अहिले कोपा अमेरिका कपको तयारीमा ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षणमा व्यस्त छन्। नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टिभीमा दिएको अन्तरवार्तामा महिलाको आरोप फसाउने षड्‍यन्त्र मात्रै भएको बताएका थिए ।