धरान । बलिउड अभिनेतृ सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’को भाद्र २७ मा रिलिज हुने भएको छ ।
विभिन्न फिल्ममा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका सम्राट बस्नेतको डेब्यु निर्देशन रहेको पासवर्डमा कथा, पटकथा तथा संवाद पनि उनकै छ ।
फिल्ममा विक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी रानालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
यो फिल्ममा सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको फिल्म सौरभ लामाले छायाङ्कन गरेका हुन् ।
सोही मितिमा पल शाहको ‘हृदय भरी’ र दयाहाङ राई र रेखा थापा अभिनित ‘निरफूल’ पनि रिलिज हुँदैछन् ।