धरान  / धरानमा विहिबार सांझसम्ममा थप ६ जना डेंगु संक्रमित भेटिएका छन् । थपिएका नया“ संक्रमित सहित तीनसाता यता ४६ जना संक्रमित पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । उनका अनुसार पछिल्लो समयमा फेला परेका संक्रमितहरु धरान–८ भोटेपुल बस्ने ३ जना र धरान–१५ बाझगरा बस्ने ३ जना रहेका छन् ।
उनले भने, ‘डेंगु नियन्त्रण गर्न बनेको ¥यापिड रेस्पोन्स टिमले घर घरमा पुगेर रोगी भए नभएको बुझ्न थालेपछि नया ६ जना रोगीहरु फेला परेको हो ।’ ¥यापिड रेस्पोन्स टिममा संयोजक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथा कम्यूनिटि मेडिसिनका एसोसिएट प्रोफेसर डा विजयकुमार खनाल, सह संयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकवहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयम्सेविकालगायत रहेका छन् । डेंगु भाइरस फैलाउने मच्छर खेदाउन अल्फा साइफर मेथ्रिन मात्र प्रयोग गरेर नुहने निष्कर्ष निकालदै स्थलगतरुपमै ¥यापिड रेस्पोन्स टिमले घरघरमा पुगेर डेंगुको संक्रमित खोज्ने, भाइसर सर्नुको कारणसंगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने अभियान सुरु गरेको यादवले बताए ।
चिकित्सकहरुले लाम्खुटटे्को सम्पुर्ण अण्डा, लार्भा, प्यूपा नस्ट गरेर नगरेसम्म धरानमा डेंगु नियन्त्रण नहुने बताएका छन् । शाखा प्रमुख यादवले धरान १५ बाझगरा क्षेत्रमा सवैभन्दा बढी ४१ जनामा र धरान १३ मा २ जना, धरान ९ मा एक जना र वीपी प्रतिष्ठान हातामा २ जनामा डेंगु संक्रमण देखिएको बताए । प्रतिष्ठानको आवास क्षेत्रका दुई जना विमारी फेला परेको भएको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई जानकारी दिए ।