काठमाडौँ   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाली नोटसहित तीनजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । युनुस अन्सारीसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

पाकिस्तान हुँदै चार वटा सुटकेशमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो ।
पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले बताएका छन्जर । ‘भन्सार जाँच गर्ने क्रममा सुटकेशमा भारु नोट भेटिएको थियो। जाँचबुझ गर्दा ती नोटहरु नक्कली पाइएको थियो । कति मात्रामा नोट भन्ने खुलेको छैन् । 

तीन जना कतार एयरवेजको उडानबाट फर्किएकाहरूिथए । एक जना ब्रिफकेश रिसिभ गर्न गएका व्यक्ति पक्राउ परेको प्नहरीले जनाएको छ ।

युनिस यसअघि पनि पटक–पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा रंगेहात पक्राउ परेका व्यक्ति हुन्। प्रहरीको विशेष ब्युरोले उनलाई २०७० माघ ११ गते ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सली मियाँका छोरा हुन ।  केन्द्रीय कारागारमा रहँदा उनलाई भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्ने प्रयाससमेत गरेको थियो ।