मिक्लाजुङ  /  पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका ९ जनाको विभत्स हत्या भए पछि गाउँमा त्रास फैलिएको छ ।
सिंगा परिवारकै हत्या भए पछि आज रातभरी स्थानीयहरु डरले सुतेनन् । एउटा व्यक्तिले यतिको संख्यामा हत्या गरेको सम्भवत यो नेपालमा पहिलो घट्ना हो । जताभावी खुकुरीले हानेर विभत्स तरिकाले हत्या गरिएको शव हेरेर स्थानीयवासी भयवित भएका छन् ।
स्थानीय श्यामकुमारी लावतीले ९ जनाको विभत्स हत्यापछि गाउँमा त्रास सिर्जना भएको बताउन । उनले शान्ति सुरक्षाको पनि माग गरिन् ।
स्थानीय ब्यापारी मनमाया माखिमले विभत्स हत्याले गाउँमा सन्नाटा छाएको बताइन । ‘हेर्ने नसकिने यो दृष्यले स्थानीयमा मनोबैज्ञानिक असर परेको छ ।’–माखिमले भनिन ३ नम्बरका वडाध्यक्ष हस्तराज फ्याकले दुखद घटनाले गाउँ नै शोकमा डुवेको बताए ।
प्रहरीले कुकुरसहितको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । भागेर ज्यान बचाएकी सीता माखिमले प्रहरीलाई दिएको जानकारी अनुसार मखुन्डो लगाएर आएको एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । ९ जनाकै शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठान मध्यरातमा लगिएको छ ।
कान्छी छोरी मनकुमारी ४० बर्षीय मानबहादुर माखिमलाई छोडेर माइतीमा बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनीहरुबीच पारिवारिक सम्बन्ध राम्रो थिइन् । उनीहरु सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका थिए । मननबहादुर पनि मिक्लाजुङ गाँउपालिका वडा नं. ८ को सानो हासारी जिग्रुवामा आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृतक मनबहादुरको साथबाट रगत लत्पतिएको खुकुरी र कपडा भेटिएको छ । उनीहरु ९ जनाको हत्या मनबहादुरले गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताएको छ । यसअघि बैशाख १४ गते घरेलु तथा साना उद्योगले सञ्चालन गरेको ढाका बुन्ने तालिममा नुनमा सिसाका टुक्रा मिसाए हत्या प्रयास पनि उनैले गरेको बताइएको छ ।