धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा मंगलबार नाैं जनाकाे हत्या भएकाे स्थानभन्दा दुइ घण्टाकाे दूरीमा रहेकाे साेहि गाउँपालिकाकाे अर्काे वडामा एक युवा झुण्डिएको अवस्थामा भेटिएका छन् । 

हत्या र झुण्डिएकाे घटनाकाे सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएकाे छ । किनकी हत्यामा युवाहरू नै संलग्न रहेकाे प्रहरीकाे अनुमान छ । प्रहरीले यसबारेमा अध्ययन गरिरहेकाे जनाएकाे छ । 

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष, अमरराज माखिमका अनुसार  गाउँपालिकाकाे  ७ नम्बर वाडामा रुखमा झुण्डिएको अवस्थामा एक युवाको शव फेला परेकाे हाे । झुण्डिएका युवाकाे पहिचान खुल्न सकेकाे छैन । 

उनले शव फेलापरेकाे खबर पाएसँगै प्रहरीसँग त्यसतर्फ लागेकाे बताए । सामूहिक हत्या भएकाे स्थानबाट करिब दुइ घण्टा टाढा रहेकाले मृतककाे पहिचान भए नभएकाे खुल्न नसकेकाे अध्यक्ष माखिमले बताए ।