गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' दर्शक सोर्ता माझ लोकप्रीय बन्दै गैरहेको छ।
 
'परानै दिन्छु ' म्युजिक भिडियोलाई छोटो समयमामा नै १० लाख दर्शकले युट्युवमा हेरेका छन भने  २५०० बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छ्न् । 
 
पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन। 
 
अर्गानिक टेस्टको 'परानै दिन्छु ' बोलको गीत र भिडियोले  दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले  भिडियो उत्कृष्ट बनेको छ।
 
यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन् । निकेश खड्काको  कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।