श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ७ गते मङ्गलबार, २१ मे २०१९ । ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि २३ः३९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मूल २३ः५५ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१५ र सूर्यास्त ६ः४८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्या–मामिलामा तपाईंको विजय हुनेछ । कुनै बहुमूल्य वस्तु उपहारमा प्राप्त होला । मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेट तथा खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला  । वैदेशिक क्षेत्रको काममा सोचेभन्दा राम्रो सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । नजिकको व्यक्तिबाट विशेष सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको प्रबल सम्भावना रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्माण व्यवसायमा रुचि बढ्नेछ  । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको होला ।