बेलबारी । धनकुटाको राजारानीमा जारी अग्नि बसुन्धरा स्मृति नवौं टुबर्ग रारा गोल्डकपमा भुटानको फ्यान्स् क्लबलाई ४-० गोलले पराजित गर्दै क्यामरुनको दाफिन्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वार्टर फाइनल खेलमा दाफिन्स क्लबका खेलाडी पेटेङ्गाले खेल संचालन भएको ९ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसैगरी १५ औं मिनेटमा दाफिन्स टिनाटिनाले अर्को एक गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । त्यसैगरी २९ औं मिनेटमा पेटेङ्गाले र ६६ औं मिनेटमा दाफिन्सका कोनोले एक गोल गरेका थिए ।

दाफिन्सका खेलाडी मेसोकोलाई म्यान अफ दी म्याच घोषित गरी पाँच हजार प्रदान गरिएको थियो । अग्नि बसुन्धरा स्मृतिका संस्थापक टेकरत्न चेम्जोङ र राजारानी गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले पुरस्कार प्रदान गरेका थिए । सोमबारको खेल आयोजक रारा क्लब राजारानी र सगरमाथा क्लब विराटचोकबीच हुने क्लवका अध्यक्ष मणि चेम्जोङले बताए ।