लक्ष्मीमार्ग/मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा आइतवार भएको क्वाटर फाइनल खेलमा वडा नम्बर ११ बिजयी भएको छ ।

११नम्बर वडाले ३ नम्बर वडालाई १–० गोल अन्तरले विजयी भएको छ । खेलको सुरु समयमै कासिम राइले गरेको गोल नै ११ नम्बरका लागि सेमि फाइनलमा पुग्ने अबसर बन्यो । ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गरिएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए । सोमवारको सेमि फाइनलको खेल १ र ४ नम्बर वडा विच हुने आयोजकले जनाएको छ ।