धरान/प्रधान कार्यालय धरान रहेको मितेरी विकास बैङ्कले सामाजिक उत्तरदायिŒव अन्तर्गत मोरङ कानेपोखरी गाउँपालिकाको २ वटा सामुदायिक विद्यालयका कम्प्युटर प्रदान गरेको छ ।

मितेरीले कानेपोखरी गाउँपालिका–७ स्थित जनसेवा माविलाई एक लाख ११ हजार रुपैयाँ बराबरको ल्यापटप सोमबार वितरण गरेको हो । त्यस्तै कानेपोखरी–३ को बालमावि हरकपुरलाई ५ वटा डेस्कटप कम्प्युटर प्रदान गरेको हो । सूचना, प्रविधिको विकाससँगै कम्प्युटर शिक्षाको महŒव बढेकाले स्कुललाई ल्यापटप तथा कम्प्युटर वितरण गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जानकारी दिए ।

miteri-bank-computer-handover (2)

मितेरीको कानेपोखरी–७, रमाइलोमा शाखासमेत सञ्चालनमा रहेको छ । जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देल, स्कुल व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद अर्याललाई ल्यापटप बराबरको चेक हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रममा बैङ्कका सिइओ वस्तीले शिक्षाको सीमा नहुने भएकाले शिक्षकले सिकाएको कुरालाई विध्यार्थीहरूलाइ ध्यान दिएर व्यवहारमा पनि लागू गर्न आग्रह गरे ।

त्यस्तै बाल मावि हरकपुरका प्रविधिमैत्री शिक्षाका लागि ५ वटा डेस्कटप कम्प्युटर प्रदान गरिएको हो । स्कुलमा प्रदान गरिएको कम्प्युटरबाट विद्यार्थीहरूले बढीभन्दा बढी प्रविधिमैत्री सिकाइमा ध्यान दिनका लागि मितेरी बैङ्क सञ्चालक समितिका अध्यक्ष किशन मास्केले बताए ।

miteri-bank-computer-handover (3)

स्कुलका प्रधानाध्यापक रमेश साह, स्कुल व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीलाई कम्प्युटर हस्तान्तरण गरियो । त्यसक्रममा कानेपोखरी गाउँपालिका ३ नम्बर वडाका वडाध्यक्ष कृतिमान मादेनले शिक्षकहरूले आफ्नो दायित्व पूरा गर्नका लागि आग्रह गरे ।