उर्लाबारी । केन्द्रिय नेताहरुको गुटवन्दीका कारण जनस्तरमा पार्टी कमजोर बनेको बताउदै, पार्टी मजबुत बनाउन केन्द्रबाट एकतामा एकता गर्न सुझाव गरेका छन ।

आईतबार नेपाली कांग्रेस नगर समिति उर्लाबारीले आयोजना जागरण कार्यक्रम अन्र्तगत कार्यक्रमका अधिकाशं वक्ताहरुले केन्द्रका नेताहरुले गरेका कमजोरी र आपसी गुटवन्दीका कारण प्रदेश र संघिय निर्वाचनमा पार्टी सानो साईजमा खुम्चीएको बताएका छन ।

स्थानिय अगुवा तथा जेष्ठ नागरिक राधाकृष्ण पोख्रेलले पार्टीमा केन्द्रिय नेताहरुका कारण चालीस र साठी प्रतिशत भागवण्डा गरेर सिट बाड“फाड“ गर्दा समस्या सृजना भएको बताउदैँ देउवा कांग्रेस, पौडेल कांग्रेस, कोईराला र सिटौला कांग्रेस भन्दा नेपाली कांग्रेस भएर कार्य गर्ने वातावरण निर्माण गर्न सुझाव गरेका छन ।

यसैगरी स्थानिय कार्यकर्ताहरु जनक खड्का,भिमबहादुर थापा, गोपा नेपाल, बिमल निरौला,ईन्द्रप्रसाद ओली सोमप्रसाद तिमल्सिना, शुरेश खड्का, टंकनाथ दाहाल सहितका दर्जनौ कार्यकर्ताहरुले नेपाल कांग्रेसले सदनमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसेकाका कारण बदनाम भएको बताएका छन । कांग्रेसले सदनमा निर्मला पन्त, वाईटबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, सरकारी जग्गा अतिक्रमण लगायतका दर्जनौँ मुद्धमा बिरोध गर्न र सडकमा नागरिकलाई साथ लिएर आन्दोलन गर्न नसेकोको बताएका छन ।

नगर सभापति बिरबल थापाको सभापत्विमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको केन्द्रिय गुटवन्दीका बारेमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले गरेको बताउदै आफुले नेपाली कांग्रेसलाई दरिलाे बनाउने कार्यमा लागेको बताएका छन् । उनले देशभरका कार्यकर्ताको सुझावलाई संगठीत गरी पार्टीलाई बलीयो पार्ने बताएका छन् ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा उर्लाबारी नगरपालीकका मेयर खड्ग फागोले नगरलाई भ्रष्चारमुक्त बनाउन र जनचाहाना अनुरुप बिकास निर्माणका कार्यलाई अगाडी बढाउदाँ नेकपाले लगाएका झुटो आरोपका बिषयमा पार्टीले सहयोग नगरेको बताएका पनि सहयोग पार्टीकोे स्थानिय नेतृत्वले असहयोग गरेपनि नागरिकले नगरमा गरेको कार्यको प्रशंशा गरेका कारण आरोप लगाउनेहरु पलायन भएको बताएका छन । कार्यक्रममा फागोले पार्टीमा गुटवन्दी गर्नेलाई केन्द्र देखिनै कार्यवाही गर्न सुझाव समेत दिएका छन ।