काठमाडौँ / महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा यौनधन्अदा गनेर्नै २८ व्यक्तिलाई बिहीबार राती पक्राउ गरेको छ ।

उक्त क्षेत्रमका दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी डिएपी फणिन्द्र प्रसाईले जानकारी दिए । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला रहेको प्रहरीले जनाएको छ ।

छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई १८ हजार घुस दिन खोजेका थिए । प्रहरीले घुस रमकसहित पक्राउ गरेको छ ।
राजधानीका होटलहरुमा यौनधन्दा फस्टाएको भन्दैं पछिल्लो समय प्रहरीले निगरानी बढाएको छ । सादा पोशाषका प्रहरी परिचालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
यस अघि १२५ जनलाइृ पक्राउ गरिएको उनले जानकारी दिए ।