आज (शुक्रबार) फिल्म ‘जात्रै जात्रा’ र ‘वीर विक्रम–२’ भिड्दै छन् ।
 
‘जात्रा’ फिल्मको सिक्वेल ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत र दयाहाङ राईले अभिनय गरेका छन् । 
 
यो फिल्म  प्रदीप भट्टराईले निर्देशन गरेका हुन् भने ‘वीर विक्रम’ को सिक्वेल ‘वीर विक्रम–२’ मा पल शाह, निरज हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायत कलाकार छन् । फिल्मको निर्देशन  मिलन चाम्सले गरेका हुन् ।