रुपन्देही / रुपन्देहीको नेपाल भारत सिमा नाका शंकरपुरमा बिहीबार गोली चल्दा ३ जना प्रहरी घाइृते भएका छन् ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेको भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीलाई प्रहरीले पक्राउ गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकोगोली चलेको हो ।
धोवीलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताएका छन् ।
आक्रमणमा परी तेजबहादुुर कुँवर, प्रेमबहादुुर आले र विक्रम मल्ल घाइृते भएको डिएसपी भण्डारीले जानकारी दिए । प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ । हतियार लिएर आउने धोवी प्रहरीको गोली लागेर घाइते भएको बताइएको छ । घाइते धोवीलाई भारतीय पक्षले नै उठाएर लगेको बताएको
हतियारसहित नेपाल प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न खोज्दा उसले गुुहार मागेपछि नेपाल सिमाक्षेत्रमा भारतीयहरु प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेको प्रहरीले दावी गरेको छ ।