धरान / ‘इन्टर स्कुल ड्युट डान्स कम्पिटिसन’ धरान डान्सिङ आइडलको उपाधि सुनाखरी स्कुलका उशा परियार र निमा डोल्मा तामाङले जितेका छन् ।

सोमबार सभागृहमा सम्पन्न फाइनलमा परियार र तामाङको जोडी च्याम्पियन बन्दै नगद ५० हजार रुपैयाँसहित नटराज ट्रफी प्राप्त गरे । त्यस्तै फस्ट रनरअप मेरिल्याण्ड इङ्लिस स्कुलका युजिना मगर र बीना लिम्बू भए । त्यस्तै सुम्निमा इङ्लिस बोर्डिङ स्कुललाई युमि राई र जीना राई सेकेण्ड रनरअप बने । फस्ट रनरअपले नगद १५ हजार रुपैयाँ र सेकेण्ड रनरअपले नगद १० हजार रुपैयाँसहित नटराज ट्रफी प्राप्त गरे ।

व्यक्तिगततर्फ बेष्ट इम्प्रुभमेन्ट डिपोका आकृति परियार र युजिन राईले प्राप्त गरे । बेष्ट डान्स पार्टनरमा एभरेष्ट बोर्डिङ स्कुलका सुस्मा तामाङ र स्मृति गौतमले प्राप्त गर्दा बेष्ट डिसिप्लिनमा नवोदयका प्रमिला तिस्मिना र इसा राईले पाएका छन् । साथै हार्डवर्किङमा समीटका प्रज्वल राई र स्मृति राई घोषित भए भने पब्लिक च्वाइस बिक्रम ठाकुर र चाइनाडल राईले प्राप्त गरेका छन् । फाइनलमा २० वटा स्कुलमा जोडीहरू स्पर्धामा उत्रिएका थिए । गत साउनदेखि नै शुरु भएको प्रतियोगितामा करिब ५ सय जोडीले अडिसन दिएका थिए ।

विजेता, उपविजेता जोडीलाई मुख्य प्रायोजक कुमार एण्ड सन्सका कुमार श्रेष्ठ, सञ्चालिका सुनिता श्रेष्ठ, कार्यक्रमको अध्यक्ष निका मोक्तान, कार्यक्रमको संयोजक दिवस श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

DDI (1)