धरान / आगामी २०७६/०७७ बजेट निर्माणक लागि प्रदेश नं १ का संघीय संसदहरुसँग अर्थ मन्त्रालयले आज सुझाव संकलन गरेको छ ।
बजेटलाई परिणाममुखी बनाउन सबै सदनका सांसदहरुसँग सुझाव लिएको हो ।  अर्थ मन्त्रि डा युवराज खतिवडा , अर्थ सचिव अन्य कर्मचारीहरुसहितको टोलीले सुझाव लिउको थियो ।
सुझाव दिने क्रममा राष्ट्रिय महत्वका साथै प्रदेश स्तरीय र आ–आफ्नो निर्वाचन क्षेत्रका महत्वकाक्षी योजनाहरु प्रस्तुत गरेको सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले जानकारी दिए ।

सुनसरी क्षेत्र नं. १ का लायि यस्तो छ सुझाव
सांसद राईले सुझाव दिने क्रममा बृद्दा भत्ता ,अपांग ,बिधुवा भत्ता वृद्धिलाई पहिलो प्राथमिकता राख्न सरकारलाई सुझाव दिएका छन् ।
यस्तै कृषकबाट उत्पादित कृर्षिजन्यबस्तुहरुको मूल्य निर्धारण, बजारको व्यवस्था गर्न सुझाएका छन् ।
उनले १ नं प्रदेशमा पर्यटकहरुलाई आकार्षित गर्न महत्वपुर्ण १ प्रदेशका पर्यटन क्षेत्रलाई समेटी सर्किट निर्माण गर्नु पर्ने बताए ।
, स्थानिय तहमा जाने बजेटको नामकरण सुरुमा ‘आफ्नो गाउँ आफै बनाऔं भन्ने थियो । अब पनि आफ्नो गाउँ आफै बनाउ भन्ने नारालाई कायम राख्न सुझाएका छन् ।
उनले बिराटनगरको विमान स्थल प्रकृतिप्रकोप हुदा डुबान हुने र हिउँद महिना सितलहर भएको समयमा अवतरण हुने समस्या हुने भएकाले धरानमा बिकल्पको रुपमा विमान स्थल निर्माणका लागि बजेट छ्ट्याउन माग गरेका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप थप सेवा सुबिधा बिस्तार गरि देशकै महत्वपुर्ण अस्पतालको रुपमा विस्तार गर्न सुझाए ।